काठमाडौं– राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट वेदुराम भुसाल र गंगा बेलवासेले उम्मेदवारी दर्ता गराएका छन्।
उनीहरूले जिल्ला निर्वाचन कार्यालय, ललितपुर पुगेर उम्मेद्वारी दर्ता गराएका हुन्।
भुसालको प्रस्तावकमा रचना खड्का र समर्थकमा लिसा नकर्मी छन्।
राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदैछ।