मंगलबार, भदौ २, २०८३

मकवानपुर प्रहरी गाँजा नियन्त्रणमा सक्रिय

गाँजा तस्करी नियन्त्रणमा ठूलो सफलता हात पारेको दाबी मकवानपुर प्रहरीले गरेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– गाँजा तस्करी नियन्त्रणमा ठूलो सफलता हात पारेको दाबी मकवानपुर प्रहरीले गरेको छ। शुक्रबार राति ५१ किलो गाजासहित दुईवटा गाडी नियन्त्रणमा लिएको प्रहरीले शनिबार पनि २१ किलो गाँजा समातेको छ। शनिबार राति प्रहरीले भारतीय नम्बरको एक कारसहित २ जनालाई २१ किलो गाँजासहित पक्राउ गरेको हो।

कार चालक धनुषाको मुखियापट्टी गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय अशोककुमार यादव र मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ९ का ४० वर्षीय राजकुमार मोक्तानलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी अगाडि भएको चेकजाँचका क्रममा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर ०६ बिजि ९५१२ नम्बरको कारको डिकीमा ५ प्याकेट गाँजा बरामद गरिएको उनले बताए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 05, 2020| 07:35 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।