मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन : नारायणकाजी र भगवतीको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन : नारायणकाजी र भगवतीको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

कास्की– राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

पार्टी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्तावमा र प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा उनले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै, नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्। नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको प्रस्ताव र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा न्यौपानेले मनोनयन दर्ता गरेकी हुन्।

राष्ट्रियसभामा रिक्त हुन लागेका सांसद् पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभामा दुई वर्षे कार्यकाल अवधि पूरा गर्न लागेका १९ सांसद्को आगामी फागुन २० गते कार्यकाल सकिँदैछ। जसमध्ये १८ सांसद् पदका लागि निर्वाचन हुन लागेको हो। १ सांसद् भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रियसभामा रिक्त हुने सांसद् पदको ३५ दिनअगाडि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: Jan 05, 2020| 07:23 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।