मंगलबार, भदौ २, २०८३

गृहकार्य नगरेको बहानामा कुटिए विद्यार्थी

गृहकार्य नगरेकाे बहानामा रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षककाे कुटाइबाट गम्भीर घाइते भएका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

रूपन्देही– गृहकार्य नगरेकाे बहानामा रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षककाे कुटाइबाट गम्भीर घाइते भएका छन्।

सम्मरीमाई गाउँपालिका–६, को ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययरत १० वर्षीय बालक तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईकाे कुटाइबाट गम्भीर घाइते भएका हुन्।

कुटाइबाट बालकको बायाँ आँखामा चोट लागेको छ। बालकको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लगिएको छ।

स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरेका छन्। बालकले गृहकार्य नगरेका कारण शिक्षकले सामान्य तर्साएको प्राचार्य बरईको भनाइ छ।

यसैबीच, बालकका परिवारका सदस्यले मर्चवारस्थित इलाका प्रहरी कार्यालयले आरोपित शिक्षकविरुद्ध उजुरी लिन नमानेको गुनासो गरेका छन्।

दोषीमाथि कारवाहीको माग गर्दै उजुरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको परिवारको आरोप छ।

प्रहरीले भने प्रक्रिया नपुगेकाले उजुरी दर्ता नगरेको र प्रक्रियाअनुसार उजुरी दर्ता गर्न आउन सुझाएको जनाएको छ।

प्रकाशित: Jan 05, 2020| 06:08 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।