काठमाडौं– काठमाडौं उपत्यकामा एकै दिन ३३ दुर्घटना भएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार ३३ दुर्घटना भएका हुन्। दुर्घटनामा एकको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको महाशाखाले जनाएको छ।
८९४ सवारी चालक कारवाहीमा
महाशाखाले सडक अनुशासन पालना नगर्ने ८९४ सवारी चालकमाथि कारवाही गरेको जनाएको छ। जसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना छन्।
यस्तै, फुटपाथमा पार्किङ गर्ने ८५ , अनावश्यक रुपमा हर्न बजाउने २९, जेब्राक्रसमै साधन रोक्ने १७ जना रहेकाे महाशाखाकाे ट्विटर ह्यान्डल मेट्रो ट्राफिकले गरेको ट्विटमा उल्लेख छ।