मंगलबार, भदौ २, २०८३

एकैदिनमा ८ सय ९४ चालक ट्राफिक कारबाहीमा

ट्राफिक प्रहरीले शनिबार ८ सय ९४ जना सवारी चालकमाथि कारबाही गरेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- ट्राफिक प्रहरीले शनिबार ८ सय ९४ जना सवारी चालकमाथि कारबाही गरेको छ।

यी सबै काठमाडौं उपत्यकामा गरिएको कारबाही मात्रै हो । जसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र जेब्राक्रसमै साधन रोक्ने १७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै अनाधिकृत पार्किङ गरेकालाई ह्विल लक, चेन लक गरेर १० सवारी चालकलाई र विविध शीर्षकमा ६ सय ३६ सवारी चालकलाई कारबाही महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यका भित्र बितेको २४ घण्टामा ३३ वटा सवारी दुर्घटना भएकोमा १ जनाको मृत्यु छ भने एक गम्भीर घाइते र २१ जना सामान्य घाइते भएका छन्।

प्रकाशित: Jan 05, 2020| 04:47 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।