मंगलबार, भदौ २, २०८३

हिमपातले विद्युत र सञ्चार सेवा अवरुद्ध

भारी हिमपातका कारण जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र विद्युतविहीन बनेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

डडेलधुरा– भारी हिमपातका कारण जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र विद्युतविहीन बनेको छ।

हिमपातका कारण जिल्लामा बिहीबारदेखि विद्युत र सञ्चार सेवा अवरुद्ध बनेको हो।

नेपाल टेलिकम, डडेलधुराका शिवराज बोहराले हिमपातले अवरुद्ध बनेको सञ्चार सेवालाई सुचारु गर्ने पहल भइरहेको जानकारी दिए।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, डडेलधुराले विद्युत सेवा सुचारु गर्ने पहल भइरहेको जनाएको छ।

विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ।

प्रकाशित: Jan 05, 2020| 04:30 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।