मंगलबार, भदौ २, २०८३

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन्।

संघको शनिबार सम्पन्न ३२औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो।

संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सो व्यवस्थाअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्।

यस्तै‚ वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद मानन्धर विजयी भएका छन्। मानन्धरले राजु मृगेन्द्र जोशीलाई पराजित गरे। उपाध्यक्षमा साधारणतर्फ महेशबहादुर धौबञ्जार, एसोसियटतर्फ कृष्णमुरारी न्यौपाने र वस्तुगततर्फ रोशन भोयद्योलाई निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा रोशनीमैया धौबञ्जार निर्वाचित भइन्। उनले विजयशंकर प्रधानाङ्गलाई पराजित गरिन्। यस्तै, सचिवमा गणेशहरि प्रजापति निर्विरोध निर्वाचित भए। कोषाध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भए। उनले राजेश शिल्पकारलाई पराजित गरे।

कार्यसमिति सदस्यमा एसोसियटतर्फ राजेन्द्रप्रसाद प्रजापति र वस्तुगततर्फ कृष्णगोपाल सैंजू निर्विरोध निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा गौतम सुजखु, जगनाथ श्रेष्ठ, दिनेश गोसाईं, पृथ्वीभक्त प्रजापति, विश्वराम दुवाल, शम्सेरकुमार बम, नवीन प्रजापति, रुकेश रञ्जित, रञ्जित मारिखु र राजेश त्वानाबासु निर्वाचित भएका छन्।

प्रकाशित: Jan 05, 2020| 03:30 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।