मंगलबार, भदौ २, २०८३

सांसद बन्न सहोदर दाजुभाइ भिड्दै

राष्ट्रियसभा सांसद पदका लागि एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

सप्तरी– राष्ट्रियसभा सांसद पदका लागि एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ।

सप्तरीको बोदेबर्साइन नगरपालिकाका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो।

मृगेन्द्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट र अनिरुद्र समाजवादी पार्टी, नेपालबाट प्रतिस्पर्धा गर्न लागेका हुन्। दुवैले आइतबार उम्मेदवार दर्ता गराउँदै छन्।

राष्ट्रियसभामा रिक्त हुन लागेका सांसद् पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभामा दुई वर्षे कार्यकाल अवधि पूरा गर्न लागेका १९ सांसद्को आगामी फागुन २० गते कार्यकाल सकिँदैछ। जसमध्ये १८ सांसद् पदका लागि निर्वाचन हुन लागेको हो। १ सांसद् भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

५९ सदस्यीय राष्ट्रियसभामा एक तिहाईको दुई वर्ष, अर्काे एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको ६ वर्ष कार्यकाल रहने व्यवस्था छ।

प्रकाशित: Jan 05, 2020| 02:21 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।