मंगलबार, भदौ २, २०८३

कुख्यात अपराधी दुर्गा तामाङ पक्राउ

धादिङ जिल्लाको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कुख्यात अपराधी साइला भन्ने दुर्गा बहादुर तामाङ्गलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) ले पक्राउ गरेको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं- धादिङको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कुख्यात अपराधी साइला भनिने दुर्गा बहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेको छ।

पहिचान बदली लुकीछिपी कास्कीको चुम्राङ भन्ने ठाउँमा बसिरहेको अवस्थामा सिआइवीको बिशेष टोलीले उनलाई पक्राउ गरेको हो।

खनियाबास गाउँपालिका–४ बस्ने ३७ वर्षीय तामाङविरुद्ध जिल्ला अदालत धादिङमा दुईवटा कतव्य ज्यान र एउटा डाका चोरी मुद्दा छ।

तामाङले २०६७/०७/१० गते स्थानीय शिवर थापाको हत्या गरेको अभियोगमा जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ। उनले धादिङ दार्खा –१ पातले भिरमा धारिलो हतियार प्रहार गरी थापाको हत्या गरेका थिए।

यस्तै तामाङविरुद्ध २०६९/०८/१९ गते धादिङ दार्खा–१ रातमाटेमा धारिलो हतियार प्रहार गरी भिषण सिंखडाको हत्या गरेको अभियोग छ। हत्या पछि उनी फरार रहेका थिए।

यस्तै तामाङविरुद्ध कैलाश दिक्षितले गत जेठ ८ गते धादिङ खनियाबास–१ पर्चेमा ६ लाख १० हजार नगद र मोवाईल चोरी गरेको आराेपमा मुद्दा दायर गरेका छन्।

उक्त चोरीमा सपूर्ण तामाङ, मनोज तामाङ र बबिन तामाङ्गले बाटो छेकी घेरा हाली धारिलो हतियार खुकुरी देखाई ज्यान मार्ने धम्की दिएर लुटेका थिए।

सिआइबीले तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको जनाएको छ।

यस्तै पर्सा प्रहरीले जिल्ला अदालतबाट लागू औषध गाँजा र चरेश मुद्दामा सजाय सुनाइएका फरार जगरनाथपुर गाउपालिका–१ का ४५ वर्षीय मोतीलाल साहलाई पक्राउ गरेको छ।

साहलाई पर्सा जिल्ला अदालतले २०७४/०६/२३ मा ३ बर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो। घरै लुकेर बसेको अवस्थामा पक्राउ गरी साहलाई आवश्यक कारवाहीको लागि पर्सा जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 04, 2020| 12:57 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।