काठमाडौं– राष्ट्रिय जनता पार्टीले राष्ट्रिय सभा सदस्यका लागि मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने भएको छ।
शनिबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सप्तरी निवासी पार्टीका वरिष्ठ उपाध्यक्ष यादवलाई प्रदेश– २ बाट अन्य समूह अन्तर्गत उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले सप्तरीकै पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई अल्पसंख्यक/अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवार बनाउने पनि निर्णय गरेको छ।
आगामी माघ ९ गते १८ स्थानका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । राजपाले सत्तारुढ नेकपासँग तालमेल गर्ने भएकाले दुई जनाको मात्रै उम्मेदवारी दिएको हो।