मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट उम्मेदवारको नामावली टुंग्याएको छ।

प्रदेश नं. २ मा भने कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गर्ने सहमति गरेको छ।

टुंगो लागेका उम्मेदवारहरु

प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ६

१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

प्रकाशित: Jan 04, 2020| 10:30 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।