मंगलबार, भदौ २, २०८३

जनकपुरमा दुई स्रष्टा पुरस्कृत

मैथिली भाषा तथा संस्कृतिको क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै जनकपुरमा दुई स्रष्टा पुरस्कृत भएका छन्।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

जनकपुरधाम– मैथिली भाषा तथा संस्कृतिको क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै जनकपुरमा दुई स्रष्टा पुरस्कृत भएका छन्।

जनकपुरस्थित मैथिली विकास कोषले १८ औं वार्षिकोत्सवको अवसरमा प्राध्यापक डा.सुरेन्द्र लाभ र बुटवलस्थित मैथिल समाजका अध्यक्ष मुखीलाल चौधरीलाई पुरस्कृत गरेको हो।

डा.लाभलाई धिरेन्द्र साहित्य संस्कृति पुरस्कार र चौधरीलाई ‘सलहेस संस्कृति पुरस्कार–२०७५’ बाट पुरस्कृत गरेको कोषले जनाएको छ। दुवै पुरस्कारको राशि जनही ५१ हजार रूपैयाँ छ।

पुरस्कृत दुवैलाई प्रदेश २ का प्रमुख तिलक परियारले सम्मान पत्र र पुरस्कार रकम हस्तान्तरण गरे।

कार्यक्रममा वक्ताले मैथिली भाषामाथि विभिन्न क्षेत्रबाट निरन्तर भइरहेको आक्रमणलाई सम्पूर्ण मैथिली भाषीले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनीहरूले एकीकृत भाषाको रूप दिए मात्र मैथिलीको संरक्षण हुनसक्ने बताएका छन्। विभिन्न शैलीमा बोलिने मैथिली भाषाको अपनत्व ग्रहण गर्न नसके मैथिलीमाथि संकट आउन नसक्ने उनीहरूको भनाइ थियो। उनीहरूले प्रदेश २ मा मैथिलीलाई कामकाजी भाषा बनाउन राजनीतिक दललाई आग्रह गरेका छन्।

कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, राजपाका प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादव, नेकपाका प्रदेशसभा सदस्य शत्रुध्न महतो, कांग्रेसका प्रदेशसभा सदस्य प्रमिला दास, मधेसी आयोगका अध्यक्ष विजय दत्त, वरिष्ठ साहित्यकार रामभरोस कापडी, पूर्वप्राज्ञ रमेश रञ्जन झा, साहित्यकार रेवतीरमण लाललगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: Jan 04, 2020| 09:12 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।