मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडक डिभिजनका निमित्त प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ

सडक डिभिजनका निमित्त प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ

सडक डिभिजन कार्यालय, सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहसहित तीन कर्मचाारी घुससहित पक्राउ परेका छन्।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं– सडक डिभिजन कार्यालय, सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निमित्त प्रमुख साहसहित इन्जिनियर नवीनकुमार साह र सव–इन्जिनियर वीरेन्द्रकुमार साहलाई करिव १९ लाख रुपैयाँ घुस लिँदालिँदै नियन्त्रणमा लिएको हो।

डिभिजन प्रमुख साहलाई तीन लाख तथा इन्जिनियर र सव–इन्जिनियर साहलाई १५ लाख ९६ रूपैयाँ घुस रकमसहित शुक्रबार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

निमित्त डिभिजन प्रमुख साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा लिएको घुस रकमसहित कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। यस्तै, इन्जिनियर र सव–इन्जिनियर साहले पनि सोही सडकसडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई लगेको घुस रकमसहित कर्मचारी आवासभित्रबाट नियन्त्रणमा लिएको बताइएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए।

प्रकाशित: Jan 04, 2020| 08:59 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।