मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाँजा बोकेका दुई गाडी नियन्त्रणमा लिन प्रहरीले गर्‍याे हवाई फायर

गाँजा बोकेका दुई गाडी नियन्त्रणमा लिन प्रहरीले गर्‍याे हवाई फायर

मकवानपुर प्रहरीले हवाई फायर गरी गाँजा बोकेका दुई वटा गाडी नियन्त्रणमा लिएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं– मकवानपुर प्रहरीले हवाई फायर गरी गाँजा बोकेका दुई वटा गाडी नियन्त्रणमा लिएको छ।

शुक्रबार मध्यराति चितवनबाट पूर्वी तराईतर्फ जाँदै गरेका ५० किलोग्रामभन्दा बढी गाँजा बोकेका एउटा ट्रक र भारतीय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्र्तगत हेटौडा उपमहानगरपालिका–१५, रातोमाटे र चुरियामाईको बीच जंगलबाट गाँजा बोकेका दुई वटा गाडी र चार जनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रमुख एवं एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

तीव्र गतिमा गुडिरहेका गाडी चेक पोस्टमा नरोकिएपछि हवाई फायर गरी तर्साएर नियन्त्रणमा लिएको राठौरले बताए। हवाई फायर गरेपछि ट्रक चालक बा५ख ७२६८ नबरकोे ट्रक छाडेर जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउपालिका–.५ बस्ने वर्ष ३५ को राजकुमार मोक्तान छन्। उनको साथबाट लागुऔषध गाँजा २० किलो गाँजा बरामद गरिएको छ।

यस्तै डीएल३सीएक्यु ४१७२ भारतीय नम्बर प्लेटको कार र चालक भारत मोतिहारी पूर्वी चम्पारण बस्ने वर्ष ३७ को दिलिपकुमार सिंह, कारमा सवार भारत रघुनाथपुर बस्ने वर्ष १८ को उज्जवलकुमार ठाकुर, रौतहट, यमुनामाई–४ बस्ने वर्ष २४ को विकाश सिंहलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूले चार वटा पोकामा राखेको अन्दाजी ३२ किलो लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना तथा सवारीसाधनसमेत जफत हुने छ।

इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो। ट्रकको चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 04, 2020| 08:18 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।