मंगलबार, भदौ २, २०८३

अवरुद्ध राजमार्ग १२ घण्टापछि सञ्चालन

हिमपातका कारण अवरुद्ध सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

डोटी– हिमपातका कारण अवरुद्ध सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ।

शुक्रबार दिउँसोदेखि बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेलधुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो।

सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि आज बिहानदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।

हिमपातका कारण डोटीको गैरा, डडेलधुराको हगुल्टे क्षेत्रमा शुक्रबार रातिदेखि अलपत्रमा परेका सवारीसाधन राजमार्ग सञ्चालन भएपछि गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ।

हिमपातका कारण शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी पोस्ट, बुडरले जनाएको छ। 

डडेल्धुराअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँ खर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब तीन फिट बाक्लो हिउँ जमेका स्थानीयले बताएका छन्।

प्रकाशित: Jan 04, 2020| 07:56 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।