मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकको छ किलोमा पुन: सवारी दुर्घटना, सातजना घाइते

सिन्धुपाल्चोकको छ किलोमा पुन: सवारी दुर्घटना, सातजना घाइते

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु जिरी सडकखण्डको ६ किलोमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु जिरी सडकखण्डको ६ किलोमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। सोही ठाउँमा गत मङ्सिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए।

प्रकाशित: Jan 04, 2020| 06:24 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।