काठमाडौं– ललितपुरको गावाहालमा भेटिएको शंकास्पद वस्तु (आइडी) शनिबार डिस्पोज गरिएको छ।
ललितपुरका डीएसपी देवेन्द्र पाण्डेका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो।
शनिबार बिहान टिभी फुटेज हेर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि सेनालाई खबर गरिएको उनले जानकारी दिए। उनका अनुसार टिभी फुटेजमा हेलमेट लगाएका एक व्यक्तिले सडक किनारमा शंकास्पद वस्तु फालेर फर्किएको देखिएको थियो।
शंकास्पद वस्तु राख्नेबारे अहिलेसम्म पत्ता नलागेको र त्यसबारे अनुसन्धान भइरहेको उनले बताए।