मंगलबार, भदौ २, २०८३

उप्किन थाल्यो धनगढी रिङरोडको कालोपत्रे

निर्माण सम्पन्न भएको केही महिनामै धनगढीको रिङरोड (चक्रपथ) को पिच उप्किन थालेको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

धनगढी – निर्माण सम्पन्न भएको केही महिनामै धनगढीको रिङरोड (चक्रपथ) को पिच उप्किन थालेको छ। २०७३ साल जेठ महिनामा सम्झौता भई २०७६ असारमा निर्माण कार्य सम्पन्न भएको सडकको कालोपत्रे उप्किन थालेको हो। निर्माण सम्पन्न भएको छोटो समयमै चक्रपथको कालोपत्रे उप्किन थालेपछि स्थानीयले गुणस्तरीयता माथि प्रश्न उठाएका छन्।

धनगढी उपमहानगरपालिका बाहिरको बस्तीलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले क्षेत्रीय सहरी विकास आयोजनाले रिङरोड बनाएको थियो। धेरै समयपछि घर आगनमै कालोपत्रे सडक पुगेपछि खुसी भएका धनगढीवासी कालोपत्रे उप्किन थालेपछि निरास भएका छन्। उनीहरुले यसबारे छानविन हुनुपर्ने मागसमेत गरेका छन्।

भन्सार, चटकपुर, फाप्ला हुँदै राजपुरसम्मको ८ दशमलव ९ किलोमिटर कालोपत्रे सडक उप्किन थालेको हो।

रिङरोड अन्तरगत चटकपुर सडकको अधिकांस क्षेत्रको दायाँ र बायाँ भागमा कालोपत्रे भत्केको छ भने अन्य स्थानमा भत्केको क्षेत्रमा टालटुल गरिएको छ।

यता क्षमता भन्दा बढी भार क्षमताका सवारीसाधन गुड्दा यो समस्या भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका सूचना अधिकारी श्याम चन्द्र बुढाथोकीले बताए। १० टन सम्मको क्षमताका लागि सवारी साधन गुड्ने भएपनी त्यो भन्दा माथिका सावारी गुड्दा समस्या भएको उनले बताए। सडक मर्मत गर्नेक्रममा काम चाँडो गर्नुपर्ने भएकाले कतिपय ठाउँमा सडकमा माटोको परिचालन राम्रोसँग नभएकोले ब्यवस्थापन भैरहेको बुढाथोकीले बताए।

प्रकाशित: Jan 04, 2020| 04:42 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।