मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति भएको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गर्ने सहमति भएको छ।

कांग्रेस र समाजवादी पार्टीले प्रदेश २ मा तालमेल गर्ने सहमति भएको हो।

राष्ट्रिय सभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला र अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको हो।

सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

यसअघि प्रदेश २ मा सत्तारुढ नेकपा र राजपाबीच निर्वाचनका तालमेल भएको थियो।

प्रकाशित: Jan 03, 2020| 14:49 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।