मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वीजयन्तीमा विदा र नोटमा तस्बिर अंकित गर्न राप्रपाको माग

पृथ्वीजयन्तीमा विदा र नोटमा तस्बिर अंकित गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा पुस २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा पुस २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको तयारी समिति बैठकले पुस २७ गते सार्वजनिक विदा दिन र नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न सरकारसँग माग गरेको हो।

यस्तै पार्टीले पृथ्वीजयन्तीलाई तीन दिनसम्म उत्सवको रुपमा मनाउने निर्णयसमेत गरेको छ। बैठकले पुस २६, २७ र २८ गते विविध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। जसअन्तरगत पुस २७ गते चियापान कार्यक्रमसमेत राखिएको छ। यस्तै कला साहित्य विभागद्वारा कवि गोष्ठी, ट्रेड युनियनद्वारा रक्तदान समेत गरिने राप्रपाले जनाएको छ।

प्रकाशित: Jan 03, 2020| 13:07 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।