मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनबाट बिदा हुँदै एसपी मल्लले भने, ‘मैले जति काम गर्न कसैले सक्दैन’

चितवनबाट बिदा हुँदै एसपी मल्लले भने, ‘मैले जति काम गर्न कसैले सक्दैन’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले शुक्रबार रवाना बुझेका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले शुक्रबार रवाना बुझेका छन्।

चितवनबाट बिदा हुने क्रममा एसपी मल्लले आफू हठी स्वभावको मान्छे भएको भन्दै चितवन रहँदा नागरिकले अह्राएको काम गरेको बताए।

मल्लले आफूले छोटो समयमा पनि अर्थपूर्ण काम गरेको बताए।

उनले भने, मैले छोटो समयमा गरेको जति काम एक वर्ष बस्ने एसपीले पनि गर्न सक्दैन। मैले चितवन आएदेखिनै क्लिन चितवनको रुपमा काम गरेँ।’ चितवनमा शान्ति सुरक्षामा कुनै कमी हुन नदिएको एसपी मल्लको दाबी छ।

चितवनमा जरो गाडेको वेश्यावृतिलाई वेश्यावृति नियन्त्रण गरेको र अझै केही छिटफुट हुने गरेकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। चितवनमा भर्खरै मौलाउन खोजेको नेटवर्किङ बिजनेसका अभियुक्तलाई कारबाही गरेको मल्लको भनाइ छ।

बिदाईको क्रममा एसपी मल्लले आफ्नो कार्यकालमा गरिएका कामहरुको जानकारी गराएका थिए।

सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो। प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो।

प्रकाशित: Jan 03, 2020| 12:50 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।