मंगलबार, भदौ २, २०८३

दक्षिण अफ्रिकाका पूर्वकप्तान अमलाले ईपीएल खेल्ने

आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले खेल्ने भएका छन्। उनले कुन टोलीबाट खेल्ने भन्ने बारे भने निश्चित नभइसकेको र केही दिनमै थाहा हुने ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं - आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले खेल्ने भएका छन्। उनले कुन टोलीबाट खेल्ने भन्ने बारे भने निश्चित नभइसकेको र केही दिनमै थाहा हुने ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए।

आउँदो सिजनका लागि नयाँ विदेशी खेलाडी ल्याउन बिहीबार मात्रै आयोजकले यसअघि नेपालको घरेलु लिग खेलेकालाई प्रतियोगितामा स्थान नदिने बताइसकेको थियो। नयाँ प्रावधानसँगै ठूलो खेलाडीका रुपमा अमलाको नाम आएको छ। यसअघि दक्षिण अफ्रिकाका चर्चित खेलाडी रिचर्ड लेभीले ईपीएल खेलेका थिए।

अमलाले १ सय २४ टेष्टमा २८ शतक र ४१ अर्ध शतकसहित कुल ९ हजार २ सय ८२ रन तथा १ सय ८१ एकदिवसीयमा खेलेका १ सय ७८ इनिङमा ८ हजार १ सय १३ र ४४ टी-२० अन्तर्राष्ट्रियमा १ हजार २ सय ७७ रन बनाएका छन्। उनले गत जुलाईमा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

प्रकाशित: Jan 03, 2020| 11:42 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।