मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल उखु किसानको भुक्तानी दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

तत्काल उखु किसानको भुक्तानी दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

चिनी मिल सञ्चालकसमेत रहेका नेपाली कांग्रेसका एकजना प्रदेश सांसदलाई उखु किसानको भुक्तानी तत्काल दिन पार्टीले निर्देशन जारी गरेको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- चिनी मिल सञ्चालकसमेत रहेका नेपाली कांग्रेसका एकजना प्रदेश सांसदलाई उखु किसानको भुक्तानी तत्काल दिन पार्टीले निर्देशन जारी गरेको छ।

प्रदेश नं. ५ को कांग्रेस संसदीय दलका नेतासमेत रहेका चिनी मिल सञ्चालक विरेन्द्र कनौडियालाई किसानहरुका बक्यौता रकम तत्काल दिन पार्टीले निर्देशन जारी गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीरमार्फत् यसको जानकारी गराएका छन्।

शुक्रबार कांग्रेसले सार्वजनिक सूचनामार्फत् सांसद कनौडियालाई पुस २५ गतेभित्र उखु किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिएको हो।

उखु किसानलाई भुक्तानी दिइएको जानकारी केन्द्रीय कार्यालयलाई जानकारी गराउनसमेत निर्देशन गरिएको छ।

प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्, ‘ श्री विरेन्द्र कनौडिया, सांसद, प्रदेश–५, उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सो को जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन, यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ।’

साथै उक्त ट्वीटमा प्रवक्ता शर्माले अन्य सबै उद्योगीमार्फत् किसानलाई भुक्तानी तत्काल दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अपिल गरेका छन्।

कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्य समिति बैठकले पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उखु किसानलाई तत्काल भूक्तानी दिन सम्बन्धित सबै चिनी मिल सञ्चालकहरुलाई आग्रह गरेको थियो।

 

प्रकाशित: Jan 03, 2020| 11:39 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।