मंगलबार, भदौ २, २०८३

‘देउवासँग कुनै संवाद हुँदैन, पौडेल पनि अतिवादी’

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवासँग अब कुनै संवाद नगर्ने अडान लिएका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवासँग अब कुनै संवाद नगर्ने अडान लिएका छन्। पार्टी महाधिवशेनको कार्यतालिका र कार्यविधि परिवर्तन नभएसम्म सभापति देउवा पक्षका कोहीसँग कुनै संवाद नगर्ने सिटौलाले जनाएका छन्।

नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै सिटौलाले भने, ‘देउवाजीले संवादको सबै बाटो बन्द गर्नुभयो। वार्ता र छलफल भइरहँदा उहाँले एकलौटी निर्णय गर्नुभयो। अब महाधिवेशनको कार्यतालिका र कार्यविधि परिवर्तन नभएसम्म देउवाजीसँग कुनै संवाद हुँदैन।’

देउवा पक्षले छलफलका लागि प्रयास गरे पनि आफूले अस्वीकार गरेको जानकारी दिँदै सिटौलाले भने, ‘अब छलफलको समय ग्रुजियो। कति छलफल मात्र गर्ने ? हामी छलफल गर्ने अनि देउवाजीले एकलौटी निर्णय गर्ने ?

रामचन्द्र पौडेल समूहसँगको सहकार्यका विषयमा सिटौलाले भने ,‘पौडेलजीहरु पनि अतिवादी बन्नुभयो। बैठक एकाएक बहिस्कार गरेर अतिवाद देखाउनु भयो। केन्द्रीय समितिमा संघर्ष हुनुपर्ने थियो। तर, त्यो बाटो नै छोडेर पौडेलजीहरुले गल्ती गर्नुभयो।’

देउवा र पौडेल समूहबीच तपाईंंकै भागबण्डा नमिल्दा विवाद भएको भनिन्छ नि भन्ने जिज्ञासामा सिटौलाले भने। ‘हामी देउवा वा पौडेल समूहको होइनौं। हाम्रो आफ्नै अस्तित्व छ। कोसँग भागवण्डा गर्ने भन्ने विषय होइन। हामी हाम्रो हिसाबले काम गर्दैछौं।’

पार्टीभित्र तेस्रो ध्रुवको रुपमा आफूहरु स्थापित रहेको दाबी गर्दै उनले सभापति देउवा र पौडेल पक्ष दुवैको विरोध गरे।

प्रकाशित: Jan 03, 2020| 09:11 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।