काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले ९ बुँदे निर्णय सार्वजनिक गर्दै सो कक्ष सञ्चालनमा ल्याउने जनाएको छ ।
निर्णयअनुसार हेल्थ डेस्क संचालन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण र प्रदेश सामाजिक मन्त्रालय समक्ष समन्वय गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सेवा विभागबाट सञ्चालित हेल्थ डेस्कलाई नर्भिक अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले समेत समन्वय गरिने मन्त्रालयले जनाएको छ ।
नर्भिक र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याउने भएका हुन् । मन्त्रालयले पर्यटकलाई लक्षित गरी गण्डकी प्रदेशमा योग अभ्यास केन्द्र सञ्चालन गर्न लागेको छ ।