मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवन छाड्न बाध्य भए एसपी मल्ल, डिएसपीलाई बुझाए चार्ज

चितवन छाड्न बाध्य भए एसपी मल्ल, डिएसपीलाई बुझाए चार्ज

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं - चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन्।

एसपी मल्लले डिएसपी एकनारायण कोइरालालाई शुक्रबार चार्ज बुझाएका हुन्। प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो।

सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्ललाई १२ घण्टा भित्र सरुवा भएको स्थानमा जान प्रदेश नम्बर ३ को प्रहरी कार्यालयले बुधबार अल्टिमेटम पत्र काटेको थियो। अरु एसपीहरु सरुवा भएको स्थानमा गएर जिम्मेवारी सम्हालीसकेपनि मल्लले चितवन नछोडेपछि चर्को आलोचना भएको थियो।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ। मल्लले जिम्मेवारी नछोड्दा पन्त चितवन जान सकेकी छैनन्।

प्रकाशित: Jan 03, 2020| 08:45 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।