काठमाडौं– विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई मिडवाइफ वर्षको रुपमा मनाउने घोषणा गरेको छ । मिडवाइफ र नर्सहरुले स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनीहरुप्रति यो वर्ष समर्पित गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले नर्स र मिडवाइफ वर्ष सफल बनाउन संगठनमा आवद्ध रहेका अन्तर्राष्ट्रिय कन्फेडेरेशन अफ मिडवाइफ, अन्तर्राष्ट्रिय नर्सिङ परिषद, युएनएफपीए सहित इच्छुक अन्य संस्थालाई पनि आवद्ध हुन आग्रह गरेको छ । संसारभर ९ करोड थप नर्स र मिडवाइफको आवश्यकता रहेकाले त्यो सन् २०३० सम्ममा पूर्ति गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।