काठमाडौं– प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाउँदैछ। आज दिउँसो बस्ने अध्यक्ष मण्डलको बैठकले उम्मेदवार तय गर्ने जनाइएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेकपासँग तालमेल गरेको राजपाले प्रदेश २ बाट दुईवटा सिट पाएको छ। राजपाले उठाउने दुवै उम्मेदवार विजयी हुने निश्चितप्रायः छ।
राजपा अध्यक्ष मण्डललाई उम्मेदवार चयन गर्न निकै सकस परेको बताइएको छ। दुईवटा सिटका लागि हालसम्म ५० जनाभन्दा बढीले अध्यक्ष मण्डलसँग इच्छा जाहेर गरेको राजपा स्रोतले जनाएको छ। यसैगरी, कार्यकाल सकिन लागेका दुवै जनाले पनि दौडधुप जारी राखेका छन्।
यता नेकपाले भने शुक्रबार नै आफ्नो उम्मेदवारहरुको टुंगो लगाइसकेको छ।