मंगलबार, भदौ २, २०८३

वर्षासँगै कहाँ कहाँ भयो हिमपात ?

मौसममा देखिएको बद्लावसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बिहीबार वर्षा भएसँगै सुदुरपश्चिम र कर्णाली प्रदेशका
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- मौसममा देखिएको बद्लावसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

बिहीबार वर्षा भएसँगै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै उक्त क्षेत्रको जनजीवन प्रभावित भएको छ। केहि क्षेत्रमा अहिले पनि हिमपात भइरहेको स्थानीयले बताएका छन् । 

काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राससका अनुसार कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोटमा भारी हिमपात भएको छ ।

हिमपातसँगै चिसो बढेको छ भने स्थानीयको जनजीवन प्रभावित भएको छ । जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए ।

सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भएको राससले जनाएको छ ।

जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ ।

हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ ।

हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको स्थानीयले बताएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बाजुरा, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेको छ।

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिका लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन्।

पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ।

पोरखे लेक, गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले बताए।

हिमपातका कारण बाहिर निस्कनसमेत मुस्किल भएको उनको भनाइ छ। उनका अनुसार हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ।

 

प्रकाशित: Jan 03, 2020| 04:10 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।