मंगलबार, भदौ २, २०८३

कहिले खुल्छ मौसम ? यस्तो हुनेछ आइतबारसम्मको मौसम

पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि धुम्मिएको मौसम अझै तीन दिन नखुल्ने भएको छ ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि धुम्मिएको मौसम अझै तीन दिन नखुल्ने भएको छ ।

आगामी आइतबारसम्मको मौसमी अवस्थाको पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म वर्षा र हिमपातको सम्भावना देखाएको छ ।

वर्षा र हिमपातको क्रम बिहीबार बेलुकाबाट सुरु भएको थियो । आज (शुक्रबार) अधिकांश क्षेत्रमा वर्षा र हिमपात हुने महाशखाले जनाएको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पुस १८ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

पुस १९ गते (शनिबार)

दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

पुस २० गते (आइतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

प्रकाशित: Jan 03, 2020| 03:27 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।