मंगलबार, भदौ २, २०८३

आज देशभर वर्षा, काठमाडौंमै हिमपातकाे सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको छ।

केही दिनअघि नेपाल भित्रिएको पश्चिमी वायुका कारण बिहीबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ । आज (शुक्रबार) काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा वर्षा भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको भएकाे मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुदुरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । 

काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि वर्षासँगै  हिमपात हुनसक्ने सम्भावना देखिएकाे मौसमविद् श्रेष्ठले जानकारी दिए । उनका अनुसार चन्द्रगिरी, फूलचोकीलगायतका डाडाँमा हिमपातको सम्भावना देखिएको हो ।

यस्तै तराईका जिल्लाहरुमा पनि वर्षा हुने महाशाखाले जनाएको छ। पश्चिमबाट सुरु भएको वर्षा र हिमपातको क्रम पूर्वमा पुगेर सकिने छ । यसका लागि कम्तिमा तीन दिन लाग्ने जनाइएको छ।

बिहीबार काठमाडौँमा शून्य दशमलव २ मिलिलिटर वर्षा भएको थियो। हिजो डढेलधुरामा ३ दशमलव ६ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 03, 2020| 03:03 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।