मंगलबार, भदौ २, २०८३

विप्लव समुहका नेता भोजपुरबाट हतियारसहित पक्राउ

 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

भोजपुर- प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ।

प्रहरीले भोजपुरकाे हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो।

उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले बिहीबार जानकारी दिएका हुन्।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोलसहित फेला पारी नियन्त्रणमा लिइएको हो। -रासस

प्रकाशित: Jan 03, 2020| 02:25 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।