मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सहयोगका लागि लिखित प्रस्ताव पठाउन मन्त्रीको आग्रह

भारतीय सहयोगका लागि लिखित प्रस्ताव पठाउन मन्त्रीको आग्रह

भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हलादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाहपञ्चमी महोत्सवको बेला जनकपुरधाम आउँदा घोषणा गरेको रु एक अर्ब सहयोगका लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउनुपर्ने बताए।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हलादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाहपञ्चमी महोत्सवको बेला जनकपुरधाम आउँदा घोषणा गरेको रु एक अर्ब सहयोगका लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउनुपर्ने बताए।

भ्रमण वर्ष २०२० को आज दोस्रो दिन जनकपुर आउनुभएका मन्त्री पटेलले जानकी मन्दिर दर्शनपश्चात् नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकिर गरे।

राज्यमन्त्री पटेलले काठमाडौँमा रु एक अर्ब सहयोग रकमबारे आफूले पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँग समेत कुरा गरेको भन्दै नेपाल सरकारले जति छिटो प्रस्ताव पठाउन सक्छ, त्यति नै छिटो काम अघि बढ्ने आश्वाशन दिए।

जानकी मन्दिर दर्शनपछि जनकपुरका सञ्चारर्कीसँग संक्षिप्त कुराकानी गर्दै पटेलले भने, ‘म मेरो परिवारका साथ जनकपुरको पावनभूमिमा आएर माता जानकीको दर्शन गरेँ, मलाई धेरै खुशी लागेको छ।’ राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेललाई स्वागत गरे। उनले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश नं २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताए।

जनकपुरको सीताशरण होटलमा भएको भेटवार्तामा क्रममा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरेका थिए।

सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश नं २ का प्रमुखसचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेलको स्वागत गरेका थिए। रासस

प्रकाशित: Jan 02, 2020| 15:02 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।