मंगलबार, भदौ २, २०८३

उपत्यकाबाट ‘घुमुवा प्रहरी’ हटाइयो

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ।

मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोशाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

‘घुमुवा टोलीको औचित्य देखिएन, आजैका मितिदेखि खारेज गरिएको छ, अब उनीहरु सबै पोशाक लगाएर शान्ति सुरक्षामा खटिनेछन्’, प्रहरी नायब महानिरीक्षक पोखरेलले भने। उनका अनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए।

कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताए। उनीहरुप्रति प्रहरी सङ्गठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनुपरेको जनाइएको छ।

कार्यालय स्थापनादेखि यहाँ सादा पोशाकमा प्रहरी परिचालन हुँदै आएका थिए। प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो। यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो। रासस

प्रकाशित: Jan 02, 2020| 14:53 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।