मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस बैठक : राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनको जिम्मा पौडेल र सिटौलालाई

कांग्रेस बैठक : राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनको जिम्मा पौडेल र सिटौलालाई

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मा असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई दिएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

नेपाली- कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मा असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई दिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकले असन्तुष्ट नेताहरुलाई आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘बैठकले उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो तर सभापतिज्यूले यो जिम्मेवारी असन्तुष्ट नेता पौडेल र सिटौलालाई दिने घोषणा गर्नुभएको छ’, प्रवक्ता शर्माले नेपाल समयसँग भने।

तर पौडेल, सिटौलालगायत संस्थापन इतरपक्षले भने केन्द्रीय कार्य समिति बैठक लगातार बहिस्कार गर्दै आएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय भएको बताए।

त्यस्तै बैठकले चुनावी तालमेल गर्ने निर्णय पनि गरेको छ। बैठकले राष्ट्रियसभामा रिक्त रहेका एक तिहाई सदस्यका लागि हुने निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

त्यस्तै कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई सहयोग एवम् समर्थन गर्नका लागि संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा रहेका सबै राजनीतिक दलहरु र सबै मतदाताहरुलाई आह्वान गरेको छ।

प्रकाशित: Jan 02, 2020| 13:42 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।