आइतबार, कात्तिक १, २०८३

कर्णालीमा जिप खस्दा घटनास्थलमै चार जनाको मृत्यु

बाजुराको हिमाली गाउँपालिका-७ धुलाचौर नजिक जिप कर्णाली नदीमा खसेको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं – बाजुराको हिमाली गाउँपालिका-७ धुलाचौर नजिक जिप कर्णाली नदीमा खसेको छ। गाउँपालिकाबाट कोल्टीतर्फ जाँदै गरेको से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खस्दा हालसम्म चार जनाको शव भेटिएको र उद्धारकार्य जारी रहेको घटनास्थलबाट पत्रकार नहकुल जोशीले जानकारी दिएका छन्।

मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका चार जनाको प्रहरी र स्थानीयले उद्धार गरेका छन्। जिपमा कति यात्रु सवार थिए भन्ने खुलेकाे छैन। साँघुरो उकालो सडकबाट जिप  खसेको हुन सक्ने अनुमान छ।

दुर्घटनामा परेको जिप चालकले नभएर गाडी मालिकका भाइले चलाएको स्थानीयले बताएका छन्। प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रकाशित: Jan 02, 2020| 08:47 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।