काठमाडौं– लिपुलेक–कालापानीलगायत सीमा विवादका सन्दर्भमा संघीय संसदको राष्ट्रिय सभामा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको छ।
सांसद खिमलाल देवकोटा प्रस्तावक र रिता प्रसाईं समर्थक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो।
उक्त संकल्प प्रस्तावमाथि छलफल सुरु भएको छ। संविधानले देशको सीमा रक्षाको व्यवस्था गरेको र सोही बमोजिम कार्य गर्नुपर्ने संकल्प प्रस्तावमा जनाइएको छ।
समस्या समाधानका लागि सरकारले पहल थाल्नु पर्ने सांसद देवकोटाले माग गरेकी छन्। संसदमा प्रस्ताव प्रस्तुत गर्दै देवकोटाले प्रधानमन्त्रीले समस्या समाधान तर्फ ध्यान दिनु पर्नेमा जोड दिइन् ।