मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेलिकप्टर दुर्घटनामा परेर ताइवानका प्रधानसेनापति बेपत्ता

हेलिकप्टर दुर्घटनामा परेर ताइवानका प्रधानसेनापति बेपत्ता

आकस्मिक अवतरणका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ताइवानका प्रधानसेनापति शेन यी मिङ बेपत्ता भएका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

एजेन्सी- आकस्मिक अवतरणका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ताइवानका प्रधानसेनापति शेन यी मिङ बेपत्ता भएका छन्।

सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए।

१३ जना सवार हेलिकप्टर उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गर्ने क्रममा प्रधानसेनपति बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनीसँगै अन्य ३ जना पनि बेपत्ता भएका छन् ।

अन्य १० जनाको जिवितै उद्दार गरिएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।

बेपत्ताको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ। हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन।

ताइवानमा आगामी जनवरी ११ मा राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुन लागेको छ। मतदानको एक साताअघि यो दुर्घटना भएको हो।

प्रकाशित: Jan 02, 2020| 04:41 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।