मंगलबार, भदौ २, २०८३

सौराहामा हात्तीलाई वनभोज

सौराहामा जारी १६ औं चितवन हात्ती महोत्सवअन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

चितवन– सौराहामा जारी १६ औं चितवन हात्ती महोत्सवअन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ।

महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ।

आयोजक क्षेत्रीय होटल संघ, चितवनका अनुसार वनभोजमा ८५ हात्ती सहभागी थिए। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ।

संघका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीलाई एकै ठाउँमा जम्मा गरी मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको जानकारी दिए।

हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विशेष मौका परी वनभोज खुवाउँदा हात्तीप्रतिको सम्मान झल्कने र सकारात्मक सन्देश जाने बताए।

हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको सौराहामा ठूलो भीड लाग्ने गरेको छ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष शुभारम्भसँगै जारी हात्ती महोत्सवलाई महत्त्वका साथ लिइएको छ।

बाघमारा सामुदायिक वनको चौरमा महोत्सव चलिरहेकाे छ। महाेत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ।

यस वर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ। महोत्सवमा लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिनेछ।

महोत्सवमा हात्ती वनभोजसँगै हात्ती ‘फास्टवाक’ प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको हात्ती महोत्सवका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिए।

रासस

प्रकाशित: Jan 02, 2020| 03:02 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।