मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन प्रस्ताव अस्विकार गर्दा बालिकाको हत्या, १५ वर्षीय बालकलाई जन्मकैद

यौन प्रस्ताव अस्विकार गर्दा बालिकाको हत्या, १५ वर्षीय बालकलाई जन्मकैद

यौन प्रस्ताव अस्विकार गरेका कारण बालिकाको हत्या गरेको अभियोग लागेका सिन्धुलीका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

सिन्धुली- यौन प्रस्ताव अस्विकार गरेका कारण बालिकाको हत्या गरेको अभियोग लागेका सिन्धुलीका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो ।

उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो ।

छलिमायासँग यौन प्रस्ताव राख्दा अस्वीकार गरेपछि बालकले गएको असोज २ गते हत्या गरेका थिए । घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो ।

छलिमायाको शव गएको असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।

बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा गएको असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो ।

उनी १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने आदेशमा भनिएको छ।

प्रकाशित: Jan 02, 2020| 02:43 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।