मंगलबार, भदौ २, २०८३

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

 नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं–  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको हो। हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै छ।

नयाँ मूल्य अनुसार काठमाडौं, सुर्खेत र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ भएको छ ।

पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौंसहित  सुर्खेत र दिपायलमा १०० रुपैयाँप्रति लिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी)मा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रकाशित: Jan 01, 2020| 14:07 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।