मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

सुर्खेतमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

सुर्खेतमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

सुर्खेत- सुर्खेतमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।

पञ्चपुरी नगरपालिका वडा नम्बर– ८ जुवालथाईमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहाना भएको सुर्खेतका एसपी दिल्लराज पन्तले पुष्टि गरे।

‘विप्लव र प्रहरी दुबै पक्षबाट दुई/दुई राउन्ड गोली हानाहान भयो।’ एसपी पन्तले भने ‘विप्लवका कार्यकर्ता छन् वा छैनन् भनेर अनुसन्धानका लागि दुई जना प्रहरी मात्रै गएका थिए, मुटभेडपछि दोहोरो फाइरिङ भयो तर विप्लवका कार्यकर्ताहरु भागे।’

विप्लवका स्थानीय कार्यकर्ता गाउँ बसेको विशेष सूचनापाएपछि प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको थियो।

विप्लव कार्यकर्ता स्थानीय भए पनि उनको विवरण भने प्रहरीले खुलाएको छैन। दिउँसो करिव दुई बजेतिर घटना भएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 01, 2020| 12:49 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।