मंगलबार, भदौ २, २०८३

आज जन्मिँदै छन् ४ लाख बच्चा, नेपालमा मात्रै १५ सय

नयाँ वर्ष २०२० को पहिलो दिन अर्थात् जनवरी १ मा विश्वभर ४ लाख बच्चा जन्मिँदै छन्।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं- नयाँ वर्ष २०२० को पहिलो दिन अर्थात् जनवरी १ मा विश्वभर ४ लाख बच्चा जन्मिँदै छन्।

यो २१औं शताब्दीको तेस्रो दशकको पहिलो दिन विश्वभर ३ लाख ९२ हजार ७८ जना बालबालिका जन्मिने प्रक्षेपणसहितको क्यालेन्डर

युनिसफेका कार्यकारी निर्देशक हेनरिटाले जारी गरेका हुन्।

रिपाेर्टअनुसार पहिलो दिन सबैभन्दा धेरै भारतमा ६७ हजार ३८५ बच्चा जन्मिँदै छन्।

 दोस्रो नम्बरमा चीनमा ४६ हजार बच्चा जन्मिनेछन्।

नयाँ वर्षको पहिलो बच्चाको जन्म फिजीमा भएको छ भने अन्तिम बच्चाको जन्म अमेरिकामा हुनेछ।

जनवरी १ मा नाइजेरियामा २६ हजार ३९, पाकिस्तानमा १६ हजार ७८७, इन्डोनेसियामा १३ हजार २०, अमेरिकामा १० हजार ४५२, कंगोमा १० हजार २४७ तथा इथियोपियामा ८ हजार ४९३ बच्चा जन्मिएका छन्।

नयाँ वर्षको दिन नेपालमा ने १ हजार ५६७ बच्चाको जन्म हुने युनिसेफको प्रक्षेपण छ।

१९० देशको प्रक्षेपणमा सबैभन्दा कम बच्चा अरुबामा २ जनामात्रै जन्मिने जनाइएको छ।

प्रकाशित: Jan 01, 2020| 10:45 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।