काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरवात गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट गोपालतामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष रामकाजी तामाङ्ग तथा बैंकका प्रदेश १का प्रतिनिधि पूर्णबहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
हालसम्म सनराइज बैंकले १२९ वटाशाखा,४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।