मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली–मोदी फोन वार्ता, सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष

ओली–मोदी फोन वार्ता, सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न बुधबार बिहान दुई देशका समकक्षीबीच फोन वार्ता भएको हो।

सन् २०१९ मा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष आफूहरुले निकालेको र २०२० मा बाँकी समस्याहरु समाधान गर्दै अझै उचाइमा पुग्नेमा विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीले ट्विट गर्दै जनाएका छन् ।

प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत गरेका छन्। नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदैछ ।

यसअघि प्रमको ह्यान्डलबाट गरिएको ट्विट डिलिट गरेर सच्याइएको थियो ।

 

प्रकाशित: Jan 01, 2020| 06:02 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।