सुर्खेत । सुर्खेतमा नक्कली बमले त्रास फैलिएको छ। नगरपालिका–११ पिपिराचोकको एनसेएल टावर नकिकै नक्कली बम भेटिएको हो । बम भेटिएपछि स्थानीय त्रसित बनेका थिए । सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको छ ।
‘बम भेटेपछि बिहानदेखि स्थानीय त्रसित थिए,’ पन्तले भने, ‘डिस्पोज गर्दा नक्कली बम रहेको पुष्टि भयो ।’ एनसेल टावर नजिक तारले बेरेर डल्लो देखेपछि स्थानीयले बम भन्दै प्रहरीलाई खबर गरेका थिए ।