मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राध्यापक र कर्मचारीले फेरि लगाए काठमाडौँ विश्वविद्यालयमा ताला

प्राध्यापक र कर्मचारीले फेरि लगाए काठमाडौँ विश्वविद्यालयमा ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले पुनः तालाबन्दी गरेका छन् ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले पुनः तालाबन्दी गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले मङ्गलबारबाट तालाबन्दी गरेका हुन् ।

दुवै सङ्घले पत्रकार सम्मेलन गरी सम्झौता कार्यान्वयनका लागि डिन, रजिष्ट्रार र उपकुलपतिसमेतलाई पटक/पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण आफूहरुले विश्वविद्यालयमा भएको बेथिति निस्तेज पार्न दवावस्वरूप तालाबन्दीलगायतका आन्दोलन गर्नुपरेको बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा वेदमणि दाहालले मङ्गलबारदेखि नै काठमाडौँ विश्वविद्यालय केन्द्रीय हाताका डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टिटीसी) प्रशासकीय भवनलगायत सम्पूर्ण कार्यालय बन्द गरिएको बताए ।

गत भदौ ३० गते भएको सम्झौताका बुँदा कार्यान्वयन गर्ने निर्णय भए पनि पुस ४ गते भएको दीक्षान्तसभामा प्रस्तावित मस्यौदा पेश हुन नदिएको, कार्यकारी परिषद्को निर्णयसहित विश्वविद्यालय आफैँले गरेको प्रस्तावको विरुद्धमा मन्तव्य तथा लबिङ विश्वविद्यालयका नेतृत्वबाट नै भएको, सभासदलाई बेलैमा प्रस्तावबारे जानकारी गराउनुपर्नेमा नगराएको र पटक–पटकको निर्णयपश्चात शिक्षक तथा कर्मचकारीका आमन्त्रित प्रतिनिधिलाई सभामा बोल्ने मौका नदिई अपमानित हुने वातावरण सिर्जना भएको भन्दै यसअघि भएको निर्णय कार्यान्वयन नभएसम्म काठमाडौँ विश्वविद्यालय केन्द्रीय कार्यालयका उपकुलपति, रजिष्ट्रार र डिन कार्यालय पूर्णरूपमा बन्द गरिएको सभापति दाहालले बताए ।

प्रकाशित: Jan 01, 2020| 04:45 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।