मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्दिया राष्ट्रिय निकुञ्जभित्रै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जभित्रै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।

भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो ।

प्रकाशित: Jan 01, 2020| 04:21 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।