मंगलबार, भदौ २, २०८३

आजबाट वर्षा र हिमपात हुने, यस्तो हुनेछ तीन दिनको मौसम

पश्चिमि वायुको प्रभावका कारण आजबाट देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– पश्चिमि वायुको प्रभावका कारण आजबाट देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।

मंगलबार साँझबाट देखिएको पश्चिमि वायुको प्रभावका कारण देशका अधिकांश ठाउँको मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिबेर घाम लागेजस्तो भएपनि पुनः मौसम धुम्मिने सम्भावना देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार आज साँझसम्ममा काठमाडौं उपत्यकासहित देशको पश्चिम र मध्य क्षेत्रमा वर्षा हुनेछ । वर्षासँगै उच्च पहाडी क्षेत्र र हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको उनले जानकारी दिइन् । 

काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि हिमपातको सम्भावना देखिएको मौसमविद् नगरकोटीले बताइन् । चन्द्रागिरी, फूलचोकी डाँडाँ लगायतका क्षेत्रमा हिमपात हुनसक्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आगामी तीन दिनसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । पश्चिमबाट सुरु हुने वर्षा र हिमपातको क्रम पूर्वमा पुगेर सकिने भएकाले यो क्रम शुक्रबारसम्म चल्ने महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसम धुम्म भएसँगै देशका अधिकांश ठाउँको न्यूनतम तापक्रम घटेर चिसो बढेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको छ । जुम्लाको तापक्रम माइनस ४.८ डिग्री सेल्सियस मापन भएको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहि उच्च पहाडी र हिमाली भु-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

पौष १७ गते (बिहिबार)

दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

पौष १८ गते (शुक्रबार)

दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

 

प्रकाशित: Jan 01, 2020| 03:16 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।